arin enterprises

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० चैत्र १४, बुधबार

चितवनको भरतपुरमा बसले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–२३ जगतपुर चोकस्थित सडकमा मंगलबार दिउँसो ग.१ ख ६७३३ नम्बरको बसको ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो ।

दुर्घटनामा साइकल यात्री सोही ठाउँ बस्ने ४८ वर्षीय सूर्य गुरूङको मृत्यु भएको हो ।

बसकाे ठक्करबाट गम्भीर घाइते भएका गुरुङको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Categorized in समाज
SKIP THIS buddhan jayanti 2082