arin enterprises

यथास्थितिमा एमसीसी पास गर्न नसक्ने दाहाल र नेपालको धारणा

SamacharDesk – समाचारडेस्क | २०७८ माघ २७, बिहिबार

एमसीसी सम्झौता अनुमोदनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका पुष्पकमल दाहाल र माधव नेपालसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी तत्काल संसदमा पेस गरेर पारित गर्नुपर्ने धारणा राखेका छन् । तर प्रचण्ड र नेपालले भने एमसीसीबारे जनस्तरबाट उठेका सवालको सम्बोधन गरिनुपर्नेमा जोड दिएका थिए ।

उनीहरूले यथास्थितिमै एमसीसी पारित गराउन नसकिने भन्दै थप समय लिनुपर्ने सुझाव दिएका थिए ।प्रधानमन्त्री देउवाले भने फेबुअरी २८ भित्र एमसीसी पारित गर्ने विषय आफ्नो प्राथमिकता रहेको अडान लिएका थिए ।

बालुवाटार स्रोतका अनुसार देउवाले संसदमा एमसीसी टेबुल गरिनुपर्ने र सबै दलले आफ्नो धारण त्यही राख्नुपर्ने बताए । भेटमा स्थानीय निर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ ।

पछिल्लो समय एमसीसीको विषयलाई लिएर गठबन्धनमा मतभेद बढ्दो छ ।

प्रधानमन्त्री देउवा एमसीसी तत्काल पारित गर्ने पक्षमा भए पनि माओवादी र समाजवादीले फरक मत राख्दै आइरहेका छन् । ती दुवै पार्टीमा एमसीसी अनुमोदन गर्न नहुने मत बलियो छ ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082