सोनिका र दिलिपको नृत्यमा नृत्य निर्देशकहरुको आपत्ती
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ जेठ २४, मंगलबार

कबड्डी ४ काण्ड, यस्तो भन्ने वित्तिकै तपाईँले बुझ्नु नै भइसकेको हुनुपर्छ । मिरुना मगरले भिक्षुलाई हानेको थप्पड काण्ड ।
यस थप्पड काण्ड अझै सेलाएको छैन । मिरुनाको समर्थन साथै विरोधमा अझै टिप्पणीहरु भइरहेका छन् भने प्रदर्शन समेत हुन थालेको छ । अझ यो काण्डले नयाँ नयाँ रुप लिन थालेको छ ।
यो काण्ड सेलाउन नपाउँदै बजाजरमा फेरी अर्को एउटा प्रकरणले चर्चा पाइरहेको छ । चर्चित मोडल सोनिका रोकाया र कोरियोग्राफर दिलीप ओखडेको उत्तेजक नृत्यले बजारमा चर्चा पाइरहेको छ ।
हाल हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको डान्सिङ्ग रियालिटी कार्यक्रम Dancing Star Nepal Season 2 को एपिसोड १७ मा प्रतियोगी सोनिका रोकाया र दिलिप ओखडेको प्रस्तुतिलाई लिएर अहिले सर्वत्र आलोेचनाका स्वरहरु उठिरहेका छन् ।
यस प्रस्तुतिलाई लिएर नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपालले आपत्ती जनाएको छ । संघका निर्देशक भुवन दास श्रेष्ठले सामाजिक संजालमा स्टाटस अपडेट गर्दै समग्र नेपाली नृत्य कला क्षेत्र अपमानित भएको महसुस भएको भन्दै सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
उनीहरुको डान्सको क्लिप अहिले सामाजिक सञ्जालभर भाइरल गराइएको छ । उक्त भिडियोमा दिलीपले सोनिकाको संवेदनशील अंगमा छोएको कारणले डान्सका नाममा छाडापन फैलिएको आरोप पनि श्रेष्ठले लगाएका छन् ।
‘यस्ता कुकृति र बिकृति प्रर्दशन गर्ने टेलिभिजनबाट प्रसारित कार्यक्रम तुरन्तै बन्द गरियोस्’ संघका अध्यक्ष श्रेष्ठले भनेका छन् ।
कुनै पनि देशको पहिचान उक्त देशको कला र संस्कृतिले गराउने भन्दै भाइरल हुने र रियालिटी सोका नाममा हुने बिकृत्तीप्रती संघले आपती जनाएको हो ।
यसैबीच सोनिका र दिलीपको यसै प्रस्तुतिलाई लिएर भारतीय डान्सिङ्ग रियालिटी सोको प्रस्तुति हुबहु चोरी गरेको आरोप पनि लागेको छ । सामाजिक संजालको पोस्ट र कमेन्टमार्फत आम दर्शकले यस्तो आरोप लगाएका हुन् ।
Categorized in पेजथ्री