arin enterprises

नृत्य निर्देशक संघबाट नृत्य निर्देशकहरु सम्मानित

SamacharDesk – बिराज | २०७८ बैशाख ६, सोमबार

खानेपानी मन्त्री मणिचन्द्र थापाले देशको कला क्षेत्रको विकासमा सरकार प्रतिवद्ध रहेको दावी गर्नुभएको छ ।

नृत्य निर्देशक संघ नेपालबाट आयोजत कार्यक्रममा बोल्दै मन्त्री थापाले देशको सांस्कृतिक पहिचान स्थापित गर्न कलाकारहरुको योगदान महत्वपूर्ण रहेको भन्दै कला क्षेत्रको उत्थान र विकासको लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा आआफ्नो क्षेत्रमा सफलता हासिल गर्ने नृत्य निर्देशकहरुलाई सम्मान पनि गरिएको थियो ।

नृत्य बिधामा नेपाल सरकारले प्रवल जनसेवा पदकबाट बिभूषित बरिष्ठ नृत्य निर्देशकद्वय नारायण देवी प्रधान र जोगेन्द्र केसीलाई सम्मानित गरिएको थियो ।

त्यसैगरी नेपाल सरकार संचार तथा सुचना प्रविधि मन्त्रालयबाट न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा मनोनीत नृत्य निर्देशक संघ नेपालका केन्द्रीय प्रवक्ता ऋषिकेश श्रेष्ठ पनि सम्मानित भएका छन् ।

त्यस्तै तमु गुरुङ्ग कलाकार संघमा पुनः उपाध्यक्ष पदमा निर्वाचित संघको केन्द्रीय सदस्य याम गुरुङ्ग र वर्षकै उत्कृष्ट मोडलको एवार्ड जितेकी संघ भक्तपुर शाखा कार्यसमिति सदस्य रञ्जना सितिखुलाई पनि सम्मान गरिएको थियो ।

सम्मानित सबैलाई मन्त्री थापाले सम्मान पत्र प्रदान गर्नुभयो ।

संघका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठले बन्दाबन्दीको समयमा वाध्य भइ नृत्य निर्देशकहरु घरै बस्नुपरेको अवस्थाको स्मरण गर्दै राज्यले नृत्य निर्देशकहरुको लागि विशेष प्याकेज ल्याउनुपर्ने माग गर्नुभयो ।

सोही कार्यक्रममा संघको साल २०७८ सालको भित्ते पात्रो पनि सार्वजनिक गरिएको थियो ।

Categorized in पेजथ्री