arin enterprises

‘दंगल’ की जुनियर बबीता फोगातको निधन

SamacharDesk | २०८० फाल्गुण ६, आइतबार

हिन्दी फिल्म ‘दंगल’ मा जुनियर बबीता फोगाटको भूमिका निर्वाह गरेकी सुहानी भटनागरको मृत्यु भएको छ । १९ बर्षिय सुहानी पछिल्लो दुई महिनादेखि ओछ्यानमा थला परेकी थिइन् ।

उनको शरीरमा पानी भरिन थालेपछि फोक्सो बिग्रन थालेको भारतीय संचार माध्यक दैनिक जागरणले जनाए ।

उनी ‘डर्मेटोमायोसाइटिस’ नामक दुर्लभ रोगको शिकार भएकी थिइन् । यो रोगमा शरीरको मांसपेसीहरु कमजोर हुनुका साथै छालामा दाग देखिन थाल्छ । यस्तै गम्भीर अवस्थामा भने सास फेर्न समेत गाह्रो हुन्छ ।

सुहानीको मृत्युपछि ‘दंगल’ टिमले दुःख व्यक्त गरेका छन् । फिल्ममा गीता फोगाटको भूमिका निर्वाह गरेकी जायरा वसीमले सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै दुःख व्यक्त गरेकी छन् ।

‘सुहानी भटनागरको मृत्युले आश्चर्य भएकी छु। यस मुश्किल समयमा म उनको परिवारलाई संवेदना दिन चाहन्छु । उनका आमाबुबालाई कस्तो लागिरहेको होला भन्ने सोच्दै मेरो दिल दुःखले भरिन्छ । म निःशब्द छु,’ उनले लेखेकी छन् ।

Categorized in पेजथ्री