प्रहरी महानिरीक्षक कुँवरबाट दशैंको टिका प्रदान
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ आश्विन २७, आइतबार

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बडा दसैं २०८१ को अवसरमासकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइदिएका छन् ।
आइतबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक कुँवरले टिका तथा जमरा लगाइदिएका थिए ।
सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले टिका ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गरेकी थिइन् ।
टिका र प्रसाद ग्रहणका लागि प्रहरी अतिरीक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत, जवानहरू र प्रहरी परिवार समेतको उपस्थिती रहेको थियो ।
टिका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदान प्रदान गरिएको थियो ।
Categorized in समाज