दयाराम दाहालबाट पदभार ग्रहण
SamacharDesk – विकाश | २०७७ जेठ २६, सोमबार

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले आजबाट पदभार ग्रहण गरेका छन ।
पदभार ग्रहण गरेसँगै नवनियुक्त अध्यक्ष दाहालले महामारीले धरासायी बन्न लागेको चलचित्र क्षेत्रलाई उकास्न आफु लागिपर्ने प्रतिवद्धता पोखे ।
अध्यक्ष दाहालले फिल्म क्षेत्रमा देखिएका अन्य समस्याहरुको समाधानको साथै कोरोना महामारीले निम्त्याएको विकराल स्थितीबाट चलचित्र क्षेत्रलाई डुब्न नदिन बिशेष पलह गर्ने बताए ।
‘कोरोना महामारीका कारण ठप्प भएको फिल्म क्षेत्रलाई प्रभावकारी ढंगले क्रियाशिल बनाउनु अहिलेको प्रमुख चुनौती हो’ दाहालले भने । ‘यो समस्यालाई प्राथमिकता दिएर लाग्नेछु, अन्य काममा विस्तारै अघि बढ्ने मेरो योजना छ ।’
चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुको सहकार्यमै काम गर्दै जाने दाहलको भनाई हो ।
गत बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले दाहाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जनाको आवेदन परेको थियो । जसमा अन्तिम ३ जनाको नाम मन्त्रिपरिषद्मा लगिएको थियो ।
अध्यक्ष पदका लागि वरिष्ठ चलचित्रकर्मी भुवन केसी, साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरका पूर्व महाप्रवन्धक राजेश थापा र दाहाल मध्येमा दाहाललाई अध्यक्ष नियुक्त गरिएको हो ।
तत्कालिन अध्यक्ष केशव भट्टराईको २०७६ मंसिर २९ गते असमायिक निधन पछि बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो ।
चलचित्र विकास वोर्डको सदस्य समेत रहिसकेका दाहालले अबको २ बर्ष बोर्डको नेतृत्व सम्हाल्ने छन् ।
Categorized in पेजथ्री