काठमाडौंमा दिउँसै चोरी
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ मङ्सिर ४, बिहिबार
काठमाडौंको बालाजु जस्तो व्यस्त ठाउँमा दिउँसै चोरी भएको छ ।
काठमाडौंको बालाजु बनस्थली चोकमा डेरा गरी बस्ने काभ्रे घर भएकी ३२ वर्षीया पवित्रा तामाङको कोठाबाट बुधवार दिउँसो विभिन्न धनमाल चोरी भएको हो ।
तामाङको कोठाबाट सुनका तथा चाँदीका विभिन्न गरगहना र नगद समेत गरी करिब १५ लाख ४ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले बताएको छ ।
चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उक्त व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।
Categorized in अपराध




