arin enterprises

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका शवहरुको आज पोस्टमार्टम गरिने

SamacharDesk | २०८१ श्रावण २४, बिहिबार

बुधबार नुवाकोटको शिवपुरीमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज पोस्टमार्टम गरिंदैछ ।

त्रिवि शिक्षण अस्पतालमा राखिएका शवको आज पोस्टमार्टम गर्न लागिएको हो । शव अत्याधिक जलेकोले डीएनए टेस्ट पनि गर्नुपर्ने हुनसक्ने बताइएको छ ।

शव परिक्षण पछि आजै आफन्त र सम्बन्धित निकायलाई बुझाईने बताइएको छ ।

बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटना हुँदा चिनियाँ पर्यटक जुदाड टाङ, जी ली, यियाद वु, जेमिङ सी र क्याप्टेन अरुण मल्लको मृत्यु भएको थियो ।

मृत्यु भएकाको शव डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम हुने  त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागले जनएको छ । 

डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम गर्दा सुरुमा शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरीरमा स्थायी रूपमा बनेका सङ्केतहरू (खत, ट्याटु आदि), पहिरन, गहना लगायत हेरिने विभागले जनाएको छ ।

दुर्घटनास्थलबाट सुरक्षा निकायले शव संकलन गरेर अस्पताल ल्याई पुर्याएको छ ।

Categorized in राष्ट्रिय
SKIP THIS buddhan jayanti 2082