मंगलबारबाट गर्मी घट्ने
SamacharDesk | २०८० जेठ २७, शनिबार

नेपालमा दिनहुँ तापक्रममा एक पछि अर्काे रेकर्डा कायम गर्दै वृद्धि भइरहेको छ । तापक्रम वृद्धि अब मंगलबारपछि भने घट्दो दरमा हुने मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय प्रभावले मंलबारदेखि नेपालमा बदली भइ गर्मी घट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले मंगलबार वा बुधबार मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना देखिएको बताइएको छ ।
आज मनसुन भारतको केरलाको सबै भागसहित कर्नाटकका केही भाग र बङ्गालको खाडीको पूर्व र उत्तरभागमा पुगेको छ । त्यहाँ आउँदो ४८ घण्टामा मनसुन थप सक्रिय हुने भारतको मौसम विभागले जनाएको छ ।
चाँडो सक्रिय भइरहेको मनसुनलाई अरब सागरको आँधी र बङ्गालको खाडीको न्यूनचापीय अवस्थाले चाँडो नेपालतर्फ धकेल्ने भएकाले नेपालमा गर्मी घट्ने बताइएको छ ।
आज स्थानीय वायुका कारण काठमाडौं उपत्यकामा गर्मी सामान्य घटेको छ ।
Categorized in राष्ट्रिय