arin enterprises

दिल्ली क्यापिटलको जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र २९, आइतबार

 जारी १४ औं संस्करणको इन्डीयन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटलले जित हासिल गरेको छ ।

चेन्नई सुपर किङ्समाथि दिल्ली क्यापिटलले ७ विकेटले जित हासिल गरेको हो ।

टस हारेर पहिलो ब्याटिंग गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १८८ रन बनाउँदै  दिल्लीलाई १८९ रनको लक्ष्य दिएको थियो ।यो लक्ष्य दिल्लीले मात्र ३ विकेटको क्षतिमा १८.४ ओभरमा पार गर्‍यो ।

मुम्बई स्थित वान्खेडे रंगशालमा भएको खेलमा दिल्लीलाई सहज जित दिलाउन ओपनर शिखर धवन र पृथ्वी शाले अर्धसतकीय इनिंग खेले । उनीहरूले पहिलो विकेटका लागि १३८ रनको साझेदारी गरेका थिए ।

ओपनर धवनले ५४ बल खेल्दै १० चौका र २ छक्कासहित ८५ रन जोडे । शाले ३८ बल खेल्दै ९ चौका र ३ छक्कासहित ७२ रन बनाए ।

मार्कस स्टोनिसले १४ रन बनाउँदा कप्तान ऋषव पन्त १५ रनमा  नटआउट रहे ।

यता चेन्नाईका लागि सुरेश रैनाने अर्धसतकीय इनिङ्स खेले । उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५४ रन बनाए ।

यस्तै मोइन अलीले ३६ रन बनाउँदा शाम चुरानले ३४, रविन्द्र जडेजाले २६ तथा अम्बाती रायडुले २४ रनको जोडे । 

चेन्नाईका  कप्तान महेन्द्र सिंह धोनी र फाफ डु प्लेसी भने रन रहितै आउट भए ।

बलिङमा दिल्लीका लागि अभेस खान र क्रिस वोक्सले समान २–२ विकेट लिए भने रवीचन्द्रन आश्विन, टम करनले १–१ विकेट हात पारे ।

चेन्नईका लागि शार्दुल ठाकुरले २ र ड्वायेन ब्राभोले १ विकेट लिए ।

 

 

Categorized in स्पाेर्ट्स