दिल्ली क्यापिटल्सको जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ६, सोमबार

इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले जित हात पारेको छ ।
आइतबार राति भएको खेलमा दिल्लीले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो ।
टस हारेर पहिलो ब्याटिङ गरेको पन्जाबले ४ विकेटको क्षतिमा १९५ रन बनाउँदै दिल्लीलाई १९६ रनको लक्ष्य दियो ।
पन्जाबका लागि ओपनर तथा कप्तान केएल राहुलले ५१ बल २ छक्का र ७ चौका सहित ६१ रन बनायो भने मंयक अग्रवालले ३६ बलमा ४ छक्का र ७ चौका सहित ६९ रनको योगदान दिए ।
त्यस्तै क्रिस गेलले ११ रन र निकोलस पूरनले ९ रन जोडे भने दिपक हूदाले २२ रन र शाहरुख खानले १५ रन नटआउट खेले ।
यता दिल्लीले १९६ रनको लक्ष्य १८.२ ओभरमै ४ विकेटको क्षतिमा पार गर्यो ।
दिल्लीका लागि शिखर धवनले ४९ बलमा १३ चौका र २ छक्का सहित ९२ रन जोड्यो ।
मर्कस स्टोइनिसले नटआउट २७ रन र ललित यादवले नटआउट १२ रन जोडे ।
बलिङमा दिल्लीको लागि क्रिस वोक्स, लुकमैन मेरिवाला, कागिसो रवदा र अभेश खानले समान १–१ विकेट लिए ।
यस्तै पञ्जावको लागि झाए रिचहार्डसनले २ विकेट लिए भने अर्शदिप सिंह र रिले मेरेडिथले १–१ विकेट हात पारे ।
यो जित सँगै दिल्ली ३ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा छ भने ३ खेलबाट ६ अंकले बैंग्लोर शीर्ष स्थानमा छ।
Categorized in स्पाेर्ट्स