arin enterprises

खेल बराबरीमा रोक्दा सूपर ओभरमा दिल्ली क्यापिटल्सको जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख १३, सोमबार

आइपिएलमा दिल्ली क्यापिटल्सले सूपर ओभरमा जित हासिल गरेको छ ।

आइतबार राति भएको दिल्ली र सनराइजर्स हैदरावाद बीचको खेल बराबरी भएपछि सूपर ओभरमा जित हासिल गरेको हो ।

उक्त खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा १५९ रन बनाउँदा जवाफी ब्याटिङ गरेको हैदरावादले पनि ७ विकेटको क्षतिमा १५९ रन नै बनायो ।

त्यस्तै सुपर ओभरमा पहिले ब्याटिङ गरेको हैदरावादले ७ रन जोड्यो ।

दिल्लीका अक्षर पटेलले बलिङ गर्दा हैदरावादका डेभिड वार्नर र केन विलियमसनले ब्याटिङ गरेका थिए । जसमा विलियनसनले १ चौका प्रहार गरे ।

जवाफमा दिल्लीका लागि रिशव पन्त र शिखर धवनले ब्याटिङ गर्दा हैदरावादका रासिद खानले  बलिङ गरेका थिए । जसमा पाँच बलसम्म दिल्लीले ७ रन जोडेको थियो ।

दिल्लीका पन्तले तेस्रो बलमा चौका प्रहार गरेपछि अन्तिम बलमा धवनले एक रन लिँदै टिमलाई जिताए ।

यो जितसँगै दिल्लीले बैग्लोरलाई पछि पार्दै ५ खेलमा ८ अंक जोडी दोस्रो स्थानमा उक्लिएको छ । 

Categorized in स्पाेर्ट्स