डेंगुबाट ७१ जिल्ला संक्रमित
SamacharDesk | २०८१ आषाढ २, शनिबार

गर्मी मौसम शुरु भएसँगै डेङ्गु रोगीका संख्या पनि बढ्न थालेको छ ।
डेंगुको संक्रमण अहिलेसम्म ७१ जिल्लामा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा मात्र फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मौसममा आएको परिवर्तनसँग डेंगुको संक्रमण पनि ह्वात्तै बढेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
गर्मीमा मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जनाइएको छ ।
हालसम्म डेंगुको प्रभाव ७१ जिल्लामा १ हजार एक सय ३० जनामा सङ्क्रमण देखिएको पनि शाखाले जनाएको छ ।
गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनालाई डेङ्गु रोगको संक्रमण देखिएको थियो ।
Categorized in राष्ट्रिय