युद्धविराम भएपनि सुडानमा संघर्ष जारी
SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख १५, शुक्रबार

सुडानमा युद्धविराम भएको संघर्ष भने जारी रहेको छ । सुडानमा युद्धरत् पक्षहरु युद्ध विराम लम्ब्याउन तयार भए पनि संघर्ष नरोकिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
गत सोमबार मध्यरात देखि सुडानमा तीन दिने युद्धविराम लागु भएको थियो ।
युद्धरत् सरकारी सेना र विपक्षी र्यापिड सपोर्ट फोर्सले तीन दिने युद्ध विरामलाई थप लम्ब्याउन तयार भए पनि राजधानी खार्तुम र डार्फरमा हिंसात्मक संघर्ष जारी छ ।
लागु युद्ध विरामलाई बारम्बार उल्लंघन गर्दै बमबारी र गोली हानाहान भइ रहेको बताइएको छ ।
यस्तै बिहीबार पनि राजधानी खार्तुमको आकाशमा लडाकु विमानहरु उडिरहेका थिए भने जमिनमा पनि दोहोरो गोली हानाहान चलिरहेको थियो ।
संयुक्त राष्ट्रसंघ र साउदी अरबको प्रयासपछि सरकारी सेनाले थप ७२ घण्टाका लागि युद्ध विराम लम्ब्याउने बताएको छ भने आरएसएफ पनि यसमा सहमत भएको छ ।
Categorized in अन्तर्राष्ट्रिय