arin enterprises

धाः बाजा प्रतियोगिता सम्पन्न

SamacharDesk | २०८१ जेठ २७, आइतबार

काठमाडौं महानगरपालिकाले आयोजना गरेको धाः बाजा प्रतियोगिता सम्पन्न भएको छ ।

स्वर्णिम योजना, सांस्कृतिक महानगर अन्तर्गत काठमााडौंका विभिन्न २२ वटा बाजा समूहको सहभागितामा कार्यक्रम गरेको हो ।

बाजा प्रतियोगितामा बुरांख्यो टोलका ङत तुलाधर समिति प्रथम, डल्लू आवासका कसाः तःधं गुठी दोस्रो र थँहिटी टोलको थँहिटी मानन्धर गुठी तेस्रो भएका छन् ।

२१ वटा बाजा समुहलाई पछि पारेर प्रथम हुन सफल भएको ङत तुलाधर समितिलाई एक लाख नगदसहित चाँदीको धाः बाजा पुरस्कार प्रदान गरियो ।

त्यस्तै, दोस्रो भएको कसाः तःधं गुठीलाई ७५ हजार, तेस्रो भएको थँहिटी माननन्धर गुठीलाई ५० हजार नगद पुरस्कार दिइएको छ ।

कार्यक्रमलाई महानगरको सम्पदा र पर्यटन विभागले संयोजन गरेको थियो ।

Categorized in पेजथ्री