arin enterprises

धरहरा चढ्न शुल्क

SamacharDesk | २०८१ मङ्सिर ७, शुक्रबार

सुन्धारास्थित नवनिर्मित धरहरा चढ्न शुल्क लाग्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले मंसिर ९ गतेदेखि सशुल्क सर्वसाधारणका लागि धरहरा चढ्न खुल्ला गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले बिशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको आदेश अनुसार मंसिर ९ गतेदेखि शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

धरहरा चढ्का लागि अब नेपाली नागरिकले प्रति ब्यक्ति दुई सय, सार्क मुलुकका नागरिकले पाँच सय र सार्क बाहेक देशका विदेशी नागरिकले एक हजार रुपैयाँ तिनुपर्ने शहरी विकास मन्त्रालयले शुल्क दर निर्धारण गरेको छ ।

यस्तै धरहरा परिसरमा प्रवेशका लागि प्रति ब्यक्ति ५० रुपैयाँ तोकिएको छ भने फोटोग्राफीका लागि एक हजार र भिडियो खिच्न पाँच हजार शुल्क तोकिएको छ ।

दुई पांग्रे सवारी साधनलाई प्रतिघण्टा दश रुपैयाँ र चारपांग्रे सवारी साधनलाई २० रुपैयाँ शुल्क तोकिएको छ ।

Categorized in राष्ट्रिय