धारणाको भावना
SamacharDesk – धारणा शाण्डिल्य | २०७७ भाद्र २३, मंगलबार

नदी शान्त छ, छ तलाउ पोखरी शान्त
हरिणको चाल छ उस्तै छ उस्तै मृगको नयन
हावाले सुसेली हाल्दैछ बतासले बहेली
पानीको कलकल ध्वनिले प्रकृति गुन्जायमान छ
रूखमा पलाएका आँकुराहरुले वन शोभायमन छ
छोडेका छैनन् फूलहरु फुल्न अनि भवंरा त्यसमा डुल्न
कोईलीको कुहुकुहु अनी चराको चिर्बिर छ उस्तै
छ प्रकृतिको शोभा जस्ताको त्यस्तै
सबै पशुपन्छि निर्धक्क डुलेका छन्
आआफ्नो माया प्रेममा भुलेका छन्
हिमालका चूचुरा त्यसरी नै बसेका छन
झरना अनी खोला निस्फिक्री बगेका छन्
केवल त्रास छ मानव जातिलाई
चिन्ता आआफ्नो पेट भर्नलाई
त्यसैले टाढा भएको छ प्रकृति मानवसँग
किनकी मानवले प्रकृति मेट्न खोज्यो
आफ्नो स्वार्थको अगाडि सबै भुल्यो
प्रकृतिको अपरिहार्यता बिर्सियो
