सलाम त्याे सेवाभावलाई, नमन तिम्राे याेगदानलाई
SamacharDesk – धारणा शान्दिल्य | २०७८ बैशाख २१, मंगलबार

अरुको लागि
आफ्नो जीवन समर्पण गर्दै
लखतरान शरिरलाइ
एक पल पनि आराम नदिँदै
तिम्रो त्यो
निस्वार्थ सेवा भावमा
शायद कति भोकायौ होला
कति तिर्खा भुल्यौ होला
तर पनि
कहिल्यै नथाकी कहिल्यै पनि नआत्तिइ
सबैको जीवन बचाउन अग्रसर रहने तिम्रो त्यो सेवाभावलाई
लाखौंलाख सलाम
मन त थियो
तिमीलाई साथ दिने
तिमीलाई सदैब हौशला दिने
तर पनि
मनबाट सदैब तिम्रो सफलताको चाहना
तिम्रो दीर्घायु अनि सुस्वास्थ्यको कामना
