arin enterprises

धोनीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा सन्यासको घोषणा

SamacharDesk – बिकाश | २०७७ श्रावण ३१, शनिबार

भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । धोनीले इन्स्टाग्राममा पोस्ट गर्दै सन्यासको घोषणा गरेका हुन् ।

धोनीले आफ्नो इन्स्टाग्राम पोस्टमा आज साँझको ७ः२९ बजेबाट आफुले सन्यास लिएको भनी बुझ्न भनेका छन् । साथै उनले आफ्ना फ्यानहरुलाई माया र सहयोगको लागि धन्यवाद पनि दिएका छन् ।

 
 
 
View this post on Instagram

Thanks a lot for ur love and support throughout.from 1929 hrs consider me as Retired

A post shared by M S Dhoni (@mahi7781) on Aug 15, 2020 at 7:01am PDT

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेपनि आईपीएलको यस सीजनमा भने उनी चेन्नई सुपर किंग्सबाट मैदानमा उत्रनेछन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा आईसीसीको ३ वटै ठुलो उपाधी जित्ने धोनी एक मात्र कप्तान हुन् ।

धोनीकै कप्तानीमा भारतले आईसीसीको वर्ल्ड टी २० (२००७), क्रिकेट वर्ल्ड कप (२०११) र आईसीसी च्याम्पियन्स ट्रफी (२०१३) को उपाधी जितेको छ । 

२००९ मा उनकै कप्तानीमा भारतीय टीम टेस्ट क्रिकेटमा नम्बर वन बनेको थियो । धोनीले सबैभन्दा बढि ३३२ अन्तर्राष्ट्रिय खेलको लागि कप्तानी गरेको छ । 

टेस्ट क्रिकेटबाट उनले २०१४ मा नै सन्यास लिइसकेका छन् । 

धोनीको सन्यासलाई लिएर भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुलीले एउटा युगको अन्त भएको बताएका छन् । 

Categorized in स्पाेर्ट्स