उपन्यासकार डा.सर्वहारी र वरिष्ठ गायक वैद्यलाई धूस्वां पुरस्कार
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० पौष २४, मंगलबार

नेपाली, नेपालीभाषा लगायत नेपालका विभिन्न मातृभाषाहरूमा लेखिएको उपन्यास विधाका लागि हरेक दुई वर्षमा प्रदान गरिने गंकी धूस्वां बसुन्धरा पुरस्कार यस वर्ष दिइने भएको छ ।
आउँदो माघ १ गतेका दिन एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्न लागिएको छ ।
यस वर्षको पुरस्कार थारू भाषाका उपन्यासकार डा. कृष्णराज सर्वहारी र ‘धूस्वां सायमि सिर्जना पुरस्कार’ वरिष्ठ गायक योगेश वैद्यलाई प्रदान गरिने लागेको छ ।
गंकी धूस्वां–बसुन्धरा प्रतिष्ठानका अध्यक्ष डा. अरुण सायमिको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । यो पुरस्कार प्रशिद्ध उपन्यासकार धूस्वां सायमिको नाममा स्थापित पुरस्कार हो ।
सर्वहारीले यस वर्ष थारू भाषामा दुई उपन्यास लेखिसकेका छन् । त्यस्तै धूस्वां सायमि सिर्जना पुरस्कारबाट पुरस्कृत वरिष्ठ गायक यागेश वैद्यका नेपाली र नेपालभाषामा सयौं गीतहरू रहेका छन् ।
उपन्यास विधातर्फ प्रतिष्ठानले विमल भौकाजीको संयोजकत्वमा नविन चित्रकार र सुरेश किरणसहितको उपसमितिले सर्वहारीको नाम सिफारिस गरेको हो ।
त्यस्तै संगीत विधामा हरिहर शर्माको संयोजकत्वमा प्रतिसरा सायमि र प्रकाश जिसीसहितको अर्को उपसमितिले वैद्यको नाम सिफारिस गरेको हो ।
दुवै पुरस्कारको रु. ५० हजारको रहेको छ ।
Categorized in पेजथ्री