arin enterprises

नेपाली युवा दिवेश बने अमेरिकन आइडलका उपविजेता

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ५, सोमबार

 

नेपाली मूलका दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलमा उपविजेता बन्न सफल भएका छन् ।

आर्थर गन नामबाट अमेरिकन आइडल उपाधीको लागि प्रतिस्पर्धामा रहेका दिवेशलाई उपविजेतमा सिमित बनाउँदै लाइबेरियन मूलकी गायिका जस्ट सामले अमेरिकन आइडलको १८रौं सँस्करणको उपाधी जितेकि हुन् ।

आज भएको फाइनल राउण्डमा भोटिङका आधारमा साम १८औँ अमेरिकन आइडल घोषित भएका हुन् ।

अन्तिम प्रस्तुतिमा पोखरेलले ‘आई डन्ट वान्ट टु बी’ बोलको पहिलो गीत गाएका थिए ।

टप २ सम्म पुग्न सफल उपाधिको दावेदारका रुपमा हेरिएको दिवेशलाई पर्याप्त भोट नआएकोले उनी विजेता बन्नवाट चुकेका हुन् ।

यद्यपि अमेरिकन आइडलको फाइनलमा पुग्ने दिवेश पहिलो नेपाली हुन् ।

काठमाडौंको रवीभवनमा जन्मेका नेपाली युवा दिवेश सन् २०१४ देखि अमेरिकामा बस्दै आएका छन् ।

२ वर्ष अघिबाट संगीत क्षेत्रमा लागेका दिवेशले सन् २०१९ को जनवरीमा नेपालमै आफ्नो ग्रहण एल्बम सार्वजनिक गरेका थिए ।

 

Categorized in पेजथ्री