ट्रम्पमाथि बाइडेनको कटाक्ष : शक्तिको लागि झुठ बोलियो
SamacharDesk – बिकाश | २०७७ माघ ८, बिहिबार

अमेरिकाका ४६ औं राष्ट्रपति जो बाइडेनले आफुले पदभार ग्रहण गरेको दिनलाई एक उम्मेदवारको जितको नभई लोकतन्त्रको लागि उत्सवको दिनको रुपमा व्याख्या गरेका छन् ।
राष्ट्रपति पदको शपथ लिएपछि समारोहलाई सम्वोधन गर्दै बाइडेनले एक अमेरिकीको रुपमा सबैको साझा उद्देश्य रहेको बताए ।
चुनावमा धाँधलीको आरोप लगाएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नलिइ उनले ट्रम्पमाथि कटाक्ष हाने । उनले गत हप्ताका घटनाले सिकाएको पाठले यहाँ सत्य पनि झुठ पनि भएको भन्दै शक्ति र लाभको लागि झूठ पनि बोलिएको दावी गरे ।
यस अघि अमेरिकाका ४६ औं राष्ट्रपतिको रुपमा निर्वाचित डेमोक्रेटिक पार्टीका नेता जो बाइडनले राष्ट्रपति पदको शपथ ग्रहण गरे ।
शपथ ग्रहण समारोहमा बाइडेनलाई अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश जस्टिस जन रोबर्ट्सले पद र गोपनीयताको शपथ ग्रहण गराए ।
बाइडेनले आफ्नो परिवारको बाइबलमा हाथ राखेर शपथ लिएका थिए ।
सन् १८९३ को बताइएको सोही बाइबलको प्रयोग बाइडेनले सन् २००९ र २०१३ मा पनि उपराष्ट्रपति पदको शपथको समयमा पनि गरेको बीबीसीले जनाएको छ । डेलावेयरको सीनेटर पदको शपथ ग्रहण समारोहमा पनि बाइडेनले सोही बाइबल प्रयोग गरेका थिए ।
Categorized in अन्तर्राष्ट्रिय