arin enterprises

पर्यटन बोर्डको कार्यकारी प्रमुखमा जोशी

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ भाद्र २३, आइतबार

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सिइओ) मा दीपकराज जोशी नियुक्त भएका छन् ।

पर्यटन बोर्ड कार्यकारी समितिको गत भाद्र २० गते बसेको ३७९ औं बैठकले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को दफा १४ बमोजिम बोर्डको कार्यकारी प्रमुखको पदमा दीपकराज जोशीलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

जोशीको कार्यकाल चार वर्षको हुनेछ ।

बोर्डको कार्यकारी प्रमुख छनौटका लागि गठित उपसमितिले वर्णानुकम अनुसार दिपकराज जोशी (बगनाहा– ४, बर्दिया), धनन्जय रेग्मी (पौवैगौडे –२, स्याङ्जा) र ज्ञानेश्वर प्रसाद सिंह महतो, (दुर्गापुर– ७, सिराहा) लाई कार्यकारी समिति समक्ष सिफारिस गरेको थियो ।

यसैबीच कार्यकारी प्रमुख (सिइओ) मा छनोट भएका जोशीले शुक्रवार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव एवं पर्यटन बोर्डका अध्यक्ष डा.गणेशप्रसाद पाण्डेयबाट पद तथा गोपनियताको सपथग्रहण सहित नियुक्त पत्र लिएका छन् ।

नवनियुक्त सिइओ जोशीले आइतवारबाट कार्यभार सम्हाल्नु हुनेछ । जोशीले यसअघि पनि बोर्डको सिइओका रुपमा काम गरिसकेका छन् ।

Categorized in समाज