निर्देशक पवन जोशीको १४२औं म्यूजिक भिडियो सार्वजनिकः भिडियाेसहित
SamacharDesk – बिजयरत्न | २०८१ मङ्सिर १६, आइतबार

वरिष्ठ निर्देशक पवन जोशीको निर्देशनमा १४२औं म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
निरन्तर गीत रचना र म्यूजिक भिडियो निर्देशन गर्दै आएका वरिष्ठ निर्देशक जोशीको निर्देशनमा नेपालभाषाको गीत ‘नुगः चफुनां’ को म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच संसार संगीतालयकी संरक्षक साथै समाजसेवी, गायिका सरीता महर्जनले उक्त म्यूजिक भिडियो सार्वजनिक गरिन् ।
कार्यक्रममा बोल्दै वरिष्ठ निर्देशक जोशीले म्यूजिक भिडियोमा सामाजिक घटनाक्रमलाई चित्रण गर्न खोजेको र सामाजिक सन्देश दिने खोजेको बताए ।
त्यसैगरी संसार संगीतालयकी संरक्षक महर्जन, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, संसार क्रिएसन्सका क्रिएटिभ डाइरेक्टर स्वतन्त्र महर्जनले पछिल्लो समय नेपालभाषाको म्यूजिक भिडियो क्षेत्रले व्यापकता पाउँदै गएको भन्दै खुसी व्यक्त गरे ।
सार्वजनिक गरिएको गीतमा स्वर र रचना नव गायिका नानीशोभा महर्जनको रहेको छ भने संगीत राजेन्द्र शाक्यले दिएका छन् ।
म्यूजिक भिडियोमा गायिका महर्जनको साथमा राजेश महर्जन, जयलक्ष्मी सिद्धी बज्राचार्य, मीरा डंगोल, प्रेम कार्कीको साथै संगीत गुरु रत्न वेहोसी बज्राचार्य लगायत दर्जनौ कलाकारहरुको अभिनय रहेको छ ।
राजेश शाक्यले छायांकन र दृश्य सम्पादन गरेका छन् ।
म्यूजिक भिडियो संसार्स अनलाइन टिभी युट्युव च्यानलमार्फत सार्वजनिक भइसकेको छ ।
Categorized in पेजथ्री