डिजेल र मट्टितेलको मूल्य बढ्यो
SamacharDesk | २०७९ भाद्र १७, शुक्रबार

इण्डियत आयल कर्पाेरेशनले तीन पटकसम्म पेट्रोलियम पदार्थको घटेको मूल्यसूची पठाए पनि नघटाएको निगमले बढेको मूल्यसूची पठाउने वित्तिक भाऊ बढाएको छ ।
निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागु हुने गरी डिजल र मट्टितेलमा प्रति लिटर ६÷६ रुपैयाँ मूल्य बढाएको हो ।
निगमले पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको भाउ भने यथावत राखेको छ । मूल्य वृद्धिसँगै डिजल र मट्टितेलको मूल्य अब प्रति लिटर १७८ रुपैयाँ पुगेको छ ।
इण्डियन आयल कर्पोरेसनले हिजो नै पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ३९ पैसा, डिजलमा प्रति लिटर ६ रुपैयाँ १२ पैसा र हवाई इन्धनमा ८ रुपैयाँ १ पैसा वृद्धि गरेर पठाएको थियो ।
आइओसीले मट्टितेल र एलपी ग्यासको मूल्य भने घटाएर पठाएको थियो । निगमले भारतबाट बढेर आउनेवित्तिकै मूल्य बढाउने तर मूल्य घटेर आउँदा भने नेपालमा यथावत राख्ने गर्दै आएको छ ।
नेपाल आयल निगमले आइओसीलाई तिर्नुपर्ने बक्यौता २१ अबै रुपैयाँ भन्दा बढी पुगेको बताउँदै आएको छ ।
Categorized in राष्ट्रिय