arin enterprises

डर्टमुन्ड र लेभरकुजनले जिते आजको म्याच

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १०, शनिबार

जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले दोस्रो जित हात पारेको छ ।

कोरोनाभाइरस महामारीपछि गत सातादेखि सुरु भएको लिगमा डर्टमुन्डले शनिबार वुल्फवर्गलाई २(० ले हरायो । यस अघि डर्टमुन्डले गत शनिबार उसले साल्केलाई हराएको थियो ।

वुल्फवर्गविरुद्धको खेलमा डर्टमुन्डका लागि पहिलो गोल गुइरेरोले गरेका थिए । गुइरेरोले ३२औं मिनेटमा गोल गर्दै टिमलाई अगाडी बढाए भने हाकिमीले ७८ मिनेटमा गोल गरे ।

खेलको ८२औं मिनेटमा वुल्फवर्गको खेलाडि फेलिक्स क्लाउसले सिधै रेड कार्ड पाएपछि खेलको बाँकि समय १० जनामा सिमित भई खेल्न बाध्य भएका थिए ।

दोस्रो स्थानमा रहेको डर्टमुन्डले यो जित सँगै शीर्ष स्थानको वायर्न म्युनिखसँगको दूरी एक अंकमा झारेको छ ।

लिगको आजै सम्पन्न अर्को खेलमा वायर लिभरकुजेनले बोरुसिया मोन्चेन्ग्लाबाचलाई ३(१ ले हराएको छ ।

खेलको पहिलो हाफमा हाभार्टले सातौँ मिनेटमा गोल गर्दै लेभरकुजनलाई १(० को अग्रता दिलाएको थियो । 

५२औं मिनेटमा मोन्चेन्ग्लाबाचको मार्कुस थुरामले गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

तर त्यसको ६ मिनेटपछि नै हाभार्टले नै पेनाल्टी गोल गर्दै लेभरकुजनलाई फेरि २–१ को अग्रता दिलाए । ८१ औं मिनेटमा स्भेन बेन्डरले अर्को गोल गर्दै खेललाई ३–१मा पुर्याउँदै लेभरकुजनको जित निश्चित गरे ।

लिगमा शीर्ष स्थानको वायर्न म्युनिखको २६ खेलबाट ५८ अंक र दोस्रो स्थानको डर्टमुन्डको २७ खेलबाट ५७ अंक छ ।

लेभरकुजनले २७ खेलबाट ५३ अंक जोडेर मोन्चेन्ग्लाबाचलाई १ अंकले पछि पार्दै तेस्रो स्थानमा पुगेको छ ।  मोन्चेन्ग्लाबाच ५३ अंक सँगै चौथोमा झरेको छ ।

एक खेल कम खेलेको आरबी लेइपजिग ५१ अंकसहित पाँचौ स्थानमा छ ।

Categorized in स्पाेर्ट्स