arin enterprises

डर्टमण्ड र एसी मिलान विजयी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक २२, बुधबार

च्याम्पियन्स लिगमा बोरुसिया डर्टमण्ड र एसी मिलानले जित निकालेका छन् । ग्रुप अफ डेथ मानिएको समूह एफमा जर्मनी क्लब इर्टमण्ड र इटली क्लब एसी मिलानले जित हासिल गरेका हुन् ।

मंगलबार भएको खेलमा डर्टमण्डले न्युक्यासललाई २–० ले हराएको हो भने एसी मिलानले पेरिस सेन्ट जर्मेन पीएसजीलाई २–१ ले पराजित गरेको हो । मिलानको जितमा ओलिभर जिराउडले निर्णायक गोल गरेका थिए ।

योसँगै मिलानले च्याम्पियन्स लिगमा यस सिजन पहिलो जित दर्ता गरेको हो । मिलानका लागि १२ औं मिनेटमा राफेल लिओले बराबरी गोल फर्काएका थिए । खेलमा अग्रता पाहुना टोली पीएसजीले मिलान स्क्रिनियरको गोलमा लिएको थियो ।

मिलानसँग पराजित बनेको पीएसजी ६ अंक सहित दोस्रो स्थानमा छ । मिलान क्लब ५ अंक सहित तेस्रो स्थानमा छ ।

मंगलबारनै भएको अर्को खेलमा इंग्लीस क्लब न्युक्यासललाई हराएको डर्टमण्ड ७ अंक सहित शीर्ष स्थानमा छ ।

जर्मन क्लबसँग हारेको न्युक्यासल ४ अंक सहित चौथों स्थानमा छ । पछिल्लो हारले नकआउट चरण पुग्ने न्युक्यासलको सम्भावना घटाएको छ ।

डर्टमण्डको जितमा निकलस फुलक्रुग र जुनियन ब्रान्टले गोल गरेका थिए ।

पछिल्लो जितले ग्रुप अफ डेथ मानिएको समूह एफबाट डर्टमण्ड नकआउट चरण प्रवेशमा अघि देखिएको छ ।

Categorized in स्पाेर्ट्स