arin enterprises

माइन्जसँगको खेलमा बोरुसिया डर्टमुण्ड स्तब्ध

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ४, बिहिबार

जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुण्डले बुधबार रातिको खेलमा स्तब्धपूर्ण हार बेहोरेको छ ।

दोश्रो स्थानको डर्टमुण्डलाई पन्ध्रौं स्थानमा रहेको एफएसभी माइन्जले डर्टमुण्डकै घरेलु मैदान सिग्नल इदुना पार्कमा २–० ले पराजित गरिदियो । 

खेलको पहिलो हाफमै डर्टमुण्डले पहिलो गोल खायो । माइन्जका जोनाथन बुरकार्डटले  खेलको ३३ औं मिनेटमा गोल गर्दै माइन्जले टिमलाई अग्रता दिए ।

१९ बर्षिय जोनाथनको माथिल्लो डिभिजनमा यो पहिलो व्यक्तिगत गोल हो ।

दोस्रो हाफमा जेन फिलिप मातेटाले ४९औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाउँदै टिमलाई २–० को नतिजा दिए । 

अंक तालिकामा दोस्रो स्थानमा रहेर युरोपेली च्याम्पियन्स लिगका लागि समेत छनोट भइसकेको डर्टमुण्डको प्रदर्शनमा खेलप्रति त्यति मेहनत भने देखिएको थिएन ।

बुधबारको अन्य खेलमा बायार लिभरकुजेनले कोल्नलाई ३–१ ले हराएको छ । यो जितसँगै लिभरकुजेन फेरि चौथो स्थानमा उक्लिन सफल भएको छ । 

तेस्रा स्थानको लाइपजिगलाई भने फोर्टुना डुलसफोर्डले २–२ गोलको बराबरीमा रोकेको छ । 

होफनहाइमले आउग्सबर्गलाई ३–१ ले हराएको छ ।

Categorized in स्पाेर्ट्स