arin enterprises

डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता”सार्वजनिक

SamacharDesk – विजयरत्न | २०८२ कार्तिक २५, मंगलबार

वरिष्ठ मनोचिकित्सक तथा नेपाल सरकारका पूर्व स्वास्थ्य सचिव डा. निराकारमान श्रेष्ठको पुस्तक सङ्घर्षबाट सफलता – जीवनका अनुभव र अनुभूतिहरु सार्वजनिक भएको छ ।

पुस्तक लोकार्पण कार्यक्रममा वरिष्ठ बालरोग तथा जनस्वास्थ्य विशेषज्ञ डा. बद्रीराज पाण्डेले प्रकाशित पुस्तकले नयाँ पुस्तालाई मार्गदर्शन गर्ने उल्लेख गरे ।

विगत ४२ बर्ष मानसिक स्वास्थ्य क्षेत्रसहित ५२ बर्षदेखि चिकित्सा क्षेत्रमा सक्रिय डा. श्रेष्ठले आफ्नो बाल्यकालदेखि हालसम्मको जीवनका उतारचढाव समेटेर आफ्नो आत्मकथा पुस्तकमा उतारेका हुन् ।

पुस्तकको समालोचना गर्दै संसद सचिवालयका पूर्व सह–सचिव तोयानाथ भट्टराईले पुस्तक ब्यक्तिको भइकन पनि नेपालकै स्वास्थ्य क्षेत्रको विकासक्रमको प्रतिविम्व झल्किने उल्लेख गरे ।

कार्यक्रममा खाद्य प्रविधि विशेषज्ञ, पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकूलपति प्रा. जगतबहादुर के.सी., नेपाल सरकारका पूर्व स्वास्थ्य सचिव रामचन्द्र मान सिँह, पुस्तकका सम्पादक लक्ष्मण अधिकारीले पुस्तकलाई लिएर आआफ्ना विचार राखेका थिए ।

४०० पृष्ठको यस पुस्तकका लेखक डा. श्रेष्ठका यसअघि १० वटा मानसिक स्वास्थ्य सम्बन्धी पुस्तकहरु प्रकाशित भइसकेको छन् भने मानसिक स्वास्थ्य सम्बन्धी लेख रचनाहरु पनि विभिन्न पत्रपत्रिकाहरुमा नियमित प्रकाशन हुँदै आएका छन् ।

Categorized in पेजथ्री