arin enterprises

आफ्नै अनुहार ऐनामा हेरी हिहिहि गर्ने हिम्मत आओस्

SamacharDesk – डा. राेशन श्रेष्ठ | २०७८ जेठ १०, सोमबार

मध्यावधि चुनाब कहिले ? – मसिर मा,

स्थानीय चुनाब कहिले ? – चैत्र मा,

कोरोना नियन्त्रण कहिले ? – त्यो पर्दैन,

हि हि–––––

हिहिहि गर्ने बाहेक के छ उपाय अब ?

यत्ति हुँदा पनि चेतेन नेपाली, खुबै दीपावली गरेर संविधानको स्वागत गरेको थियो नि !! स्वाद पाइयो अब ?

संविधान आयो भनेर दियो बालेर खुशी हुनेहरुलाइ त्यहि बेला भनेको थिएँ – यो दीपावली होइन दीपाओली (दीपा=विद्या) ।

‘विद्याओली’ भनेर लेख्दा मलाइ आँखा तरेर हेर्नेहरुलाई त्यो बेलाको उन्माद याद आओस् र आफ्नै अनुहार ऐनामा हेरी हिहिहि गर्ने हिम्मत आओस् । हामी यस्तै त हो नि ब्रो । –––––

अहिलेको संकट संविधानले नै ल्याएको हो । त्यसमा थपेर बेइमानीको नाँगो नाच देखिएपछि प्रमाणित भयो कि यो संविधानको शुरुवातदेखि नै भनेको #notmyconstitution को सान्दर्भिकता ।

अब हेर्नुहोला, केहि समयभित्र संकटकाल लगाएर भएपनि संविधान संशोधन गर्नुपर्यो भन्ने आवाज उठ्नेछ । अनि त्यसपछि कुन कुन छ्वयला कचिला पाक्ने हो, थाहा छैन ।

त्यो बेला हामीले प्रस्ताव गरेका थियौं कि– संविधान बनाउन र अनैतिक चलखेल टुङ्ग्याउने हो भने देशको नेतृत्त्व नारायणमान बिजुक्छेलाइ सुम्पिऔं । तर त्यो प्रस्ताव सामाजिक सञ्जालमै सेलायो ।

यस्तो संभाव्यता देखेर करीब २ हप्ता अगाडि सोच्दै थिएँ ‘यो नेतृत्त्वले पार लाउन्न, बैकल्पिक नेतृत्त्व चाहिन्छ ।’ र फेसबुकमा पोस्ट्याउनका लागि एक स्टाटस पनि लेखिसकेको थिएँ, तर पोस्ट क्लिक हाल्ने बेलामा ‘आ.. होस !! गतिलो कुरा कसैले सुन्ने होइन’ भन्ने मनमा आयो र लेखिसकेर नि सरक्क डिलिट गरिदिएँ ।

मैले त्यो बेला लेखेको ड्राफ्ट टुक्रो यस्तो थियो –

राजनीतिक प्रेस्क्रिप्सन :

कोरोना महामारीले त्राहिमाम त्राहिमाम स्थिती बनाइरहेको समयमा समस्त जनतालाइ आश्वस्त बनाई यो स्वास्थ्य महायुद्धको एक ढिक्का नेतृत्त्वसहित सामना गर्नुपर्ने भपतापनि नेपालको राजनीतिक नेतृत्त्व बिलकुल ब्यक्तिगत टकराव र पदलोलुपताको नकचरो चलखेलमा चुर्लुम्म डुबेको अवस्था छ । राजनीतिक नेतृत्त्वको यो निकम्मापनबाट देश र जनताले मुक्ति पाउनै पर्छ । तर कसरी ?

करीब १० बर्ष जति अघि, देशले नयाँ संविधान खोजिरहेको समयमा पनि राजनीतिक नेतृत्त्व त्यसरी नै दुषित चलखेलमा डुबेको थियो । त्यो बेला हामीले प्रस्ताव गरेका थियौं कि– संविधान बनाउन र अनैतिक चलखेल टुङ्ग्याउने हो भने देशको नेतृत्त्व नारायणमान बिजुक्छेलाइ सुम्पिऔं । तर त्यो प्रस्ताव सामाजिक सञ्जालमै सेलायो ।

त्यसपछि देशले ठूलो धनराशीको भारसहित बर्षौं लगाएर एक थान संविधान र केहि सरकारहरु त दियो । तर ती सबै निकम्मा साबित भएको छ । जनताले झनै बढी दुःख पाएको तथा देशले उँधोगति समातेको प्रमाणहरु यत्रतत्र देखिन्छ । ९० प्रतिशत जनसमर्थन दाबीका साथ दीपावली गरी तिनले आफै ल्याएको संविधानको आधारभूत प्रावधानहरु नै भत्काउन तिनीहरु नै लागेका छन् आज । तर तिनलाइ लाज पटक्कै लाग्दैन । हामीले त त्यहि बेला नै #notmyconstitution भनेका थियौं ।

हामीलाइ विश्वास थियो र अझै छ – यदि त्यो बेला पदलोलुपताको क्रमभंग गरी नारायणमान बिजुक्छेलाइ देशको नेतृत्त्व सुम्पिएको भए उहाँको उच्च राजनीतिक नैतिकताको छापसहित देशले एक गतिलो संविधान पाउने थियो । देशकै दुर्भाग्य हाम्रो विचारमा ध्यानाकर्षण नहुँदा देश र जनताले त्यसको ठूलो मुल्य चुकाउन परीरहेको छ । अब त्यो समय गुज्रियो, फर्काउन सकिन्न ।

अहिले पनि देश समस्याको चक्रब्युहमै छ । ओली नै टिकाउने कि, नेपाललाई बोक्ने कि, दाहाललाई अघि सार्ने कि, देउवा ल्याउने कि, ठाकुरलाई दिने कि ? कुन नेतालाई काँध बोक्ने भन्दा बाहेक अरु कुनै मुद्दा नै छैन । पटक पटक हेरीसक्यौं होइन र यी नेताहरुलाई ? यी नेताहरुबाट देशले के नयाँ पाउने हो र ?

कामसित साक्षात्कार सन्दुक रुइत, अनुराधा कोइराला, गोविन्द केसी आदि जस्ताको कसिबाट हेर्दा महाबीर पुनले भने झैं ‘कुरा मात्र गरेर भएन क्या

त्यसैले अब देशलाई बिलकुल नयाँ नेतृत्त्वको हातमा सुम्पिन आवश्यक छ । देश, समाज र राजनीतिक संक्रमणका प्रक्रियाहरुमा लामो समयदेखि संलग्न रहेका र बौद्धिक नेताको रुपमा परिचय बनाएका तथा नैतिकताको कसिमा खरो उत्रिएको नेताहरुलाई अघि सार्न सक्यौं भने मात्र सकारात्मकताको किरण देखिनेछ, नत्र तिनै नेताहरुको म्यूजिकल चेयरमा रुमल्लिइरहने हो भने त देश र जनता सँधै उहि र उस्तै अवस्थामा रहने भो ।

नयाँ भन्ने वित्तिकै रवि लामिछाने, रविन्द्र मिश्र, सुरेन्द्र केसी जस्ता सामाजिक सञ्जालमा भाइरल कन्टेन्ट दिनेहरुको नाउँ लिने चलन चलेको छ । तर कामसित साक्षात्कार सन्दुक रुइत, अनुराधा कोइराला, गोविन्द केसी आदि जस्ताको कसिबाट हेर्दा महाबीर पुनले भने झैं ‘कुरा मात्र गरेर भएन क्या ।’

त्यसो भए को त ?

यदि मेरो राजनीतिक प्रेस्क्रिप्शन मान्ने हो भने अबको लागि देशले पदलोलुपताको दौडबाट बिलकुल अलग रहेको तर सक्षम नेतालाइ मौका दिनुपर्छ । यो अराजकताबाट देशलाई मुक्ति दिलाउने हो भने विदेशी शक्तिहरुसित साँठगाठ नगर्ने, आर्थिक लोभलालचमा नफस्ने, सिद्धान्त, विचार, प्राज्ञिक बहसमा सक्षम, अध्यनशील, इमान्दार, लगनशील, अनुभवी राजेन्द्र श्रेष्ठ नै प्रमको सबभन्दा उत्तम विकल्प हो, अरु त सबै कतै न कतै नाइटो जोडिएको छ, राष्ट्रपतिमा उपेन्द्र वा महन्थ अनि, सभामुखमा प्रेम सुवाल (नेमकिपा) हुने हो भने देश सहि बाटोमा लाग्नेछ ।

अब यो राजनीतिक प्रेस्क्रिप्शन कसैले स्वीकार्ला भन्ने आशा त एकरति पनि छैन, किन कि नेपालीहरु गनगन गर्ने, थोत्रा नेताहरुको पछि लाग्ने र दुःख पाइयो भनेर बिदेशीलाई सरापेर बस्ने काममा एकदम सिपालु छन् । आफुसित भएको समाधानको सुत्र ठम्याउने क्षमता भएको भए नेपालको हालत यस्तो जर्जर हुने थियो र ? कदापि हुने थिएन ।

Categorized in विचार