नाटक प्रदर्शनीको समापन गरियो
SamacharDesk – विकाश | २०७७ आषाढ २९, सोमबार

नेपालभाषा एकेडेमिले आयोजना गरेको नेपालभाषाको एकाङ्कि नाटक प्रदर्शनीको समापन गरिएको छ ।
नेपालमै पहिलो पटक टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत गरिएको नाटक प्रदर्शनीका नाटककर्मी र सहयोगीहरुलाई धन्यवाद ज्ञानप गर्दै प्रदर्शनीको समापन गरिएको थियो ।
किर्तिपुरस्थित एकेडेमिकै सभाहलमा भएको कार्यक्रममा नाटकका कलाकार, लेखक, निर्देशक र सहयोगीहरुलाई धन्यवाद पत्रको साथमा मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा एकेडेमीका प्राज्ञ प्रा. डा. चन्द्रमान बज्राचार्य र वरिष्ठ सिने पत्रकार, एकेदमीका प्राज्ञ विजयरत्न तुलाधरले नाटक प्रदर्शनीको समीक्षा गरेका थिए ।
नाटक प्रदर्शनी कमिटीका सदस्य वरिष्ठ चलचित्र निर्देशक पवन जोशीले सबैलाई धन्यवाद दिनुभयो ।
गत असार १६ गते कीर्तिपुरको राराहिल स्कुलस्थित कीर्तिपुर नाटक घरमा नाटक प्रदर्शनी भएको थियो ।
कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै बिना दर्शकको हलमा देखाइएको नाटकको प्रत्यक्ष प्रसारण नेपाः च्यानल टेलिभिजनमार्फत गरिएको थियो ।
बागमति प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा भएको नाटक प्रदर्शनीमा ८ वटा नाटकहरु प्रदर्शन गरिएको थियो ।
