ट्याक्टर पल्टिएर चालककाे मृत्यु
SamacharDesk – बिकाश | २०७७ माघ १२, सोमबार

धनुषामा आज बिहान भएको ट्याक्टर दुर्घटनामा ट्याक्टर चालकको मृत्यु भएको छ ।
विदेह नगरपालिका–३ ठाडीस्थित सडकमा ना.१ त ७५८० नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको थियो ।
दुर्घटनामा ट्याक्टर चालक सोही ठाउँको ३० वर्षीय विनोद महराको मृत्यु भएको छ ।
ट्याक्टर पल्टिएर सोही ट्याक्टरमा च्यापिदा विनोदको मृत्यु भएको हो ।
Categorized in समाज