arin enterprises

कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउनुपर्ने

SamacharDesk – राम डंगोल | २०७९ आषाढ ९, बिहिबार

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउन भनेको छ ।

आज एक सूचना जारी गर्दै साउन १ देखि लागू हुने गरी उक्त नियम लागू गरेको हो । महानगरले कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले दुई प्रकारको फोहोर संकलनका लागि बेग्लाबेग्लै दिन गाडी पठाइने जनाएको हो ।

घरमै कुहिने र नकुहिने फोहोर नछुट्याए त्यस्तो फोहोर नउठाउने पनि महानगरले जनाएको छ ।

कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने पनि महानगरको वातावरण तथा कृषि विभागले बताएको छ ।

Categorized in राष्ट्रिय