arin enterprises

सर्वाेच्चको आदेशमा प्रसाईं रिहा

SamacharDesk | २०८१ पौष ५, शुक्रबार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतबाट रिहा भएका छन् ।

सर्वोच्च अदालतको आदेशबाट मेडिकल व्यवसायी एवं राजनीतिक अभियन्ता दुर्गा प्रसाईं शुक्रबार रिहा हुनुभएको हुन् । रिहा लगत्तै उनले संचारकर्मीहरुसँग अदालतले आपूmलाई न्याय दिएको बताए ।

उनले सम्पूर्ण साइबर परिवारलाई धन्यवाद दिए । साथै, उनले तस्करहरूविरुद्धको लडाईं अझै जारी राख्ने बताए ।

भारतीय गुण्डानाइके प्रयोग गरी नेपाली व्यापारीहरुलाई धम्क्याएको आरोपमा नेपाल प्रहरीको सीआइबीले गत साता काठमाडौं जिल्ला अदालतबाटै पक्राउ परेका थिए ।

साइबर अपराधको आरोपमा जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएकोमा प्रसाईंलाई प्रहरीले ब्यापारी धम्क्याएको आरोपमा पुनः पक्राउ गरेको थियो ।

प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलास भएको सुनुवाई पछि इजलाशले प्रसाईांई रिहा गर्न आदेश दिएको हो ।

सर्वोच्चको आदेश लगत्तै रिहा भएका प्रसाईंले आफू नहारेको र नथाकेको भन्दै तस्करहरु विरुद्धको लडाई जारी राख्ने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भन्दै भ्रम फैलाएको आरोपमा साइबर अपराधको मुद्धा लगाएको प्रहरीले हिरासतमै रहँदा उनी विरुद्ध संगठीत अपराधको मुद्धा समेत थपेको थियो ।

Categorized in राष्ट्रिय