arin enterprises

स्थानीयले अवरोध गरेपछि प्रहरी परिचालन गरेर फोहोर फ्याल्न सुरु

SamacharDesk | २०७९ जेठ २४, मंगलबार

काठमाडौंमा केही दिनदेखि थुप्रिएको फोहोरे आज प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फाल्न सुरु गरिएको ।

सोमबार महानगरपालिका र बन्चरे डाँडाका स्थानीयबीच फोहोर फाल्न सहमति भए पनि केही स्थानीयवासीले आज फोहोर फाल्न अवरोध सिर्जना गरेपछि प्रहरी परिचालन गर्नुपरेको हो । टिपरहरुमा गन्ध नआउने केमिकल छर्किएर फोहोर फाल्न थालिएको हो । 

सरकार र ल्याण्डफिल्ड क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै केही स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न अबरोध गरेसंगै बल प्रयोग गर्नुपरेको सरकारी भनाइ छ ।

फोहोर बोकेका गाडी अवरोध गर्ने केही स्थानीय बासिन्दालाई समेत प्रहरीले नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् । 

शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच फोहोर बिसर्जन गर्ने विषयमा सहमति भएको थियो ।

सहमति अनुसार काठमाडौं महानगरपालिकाले ल्याण्डफिल साइटमा फोहोर फालेपछि हरेक दिन १५ सेन्टीमिटर माटोले पुरिने भएको छ । यसो गर्दा दुर्गन्ध फैलन नपाउने बताईएको छ ।

 

Categorized in राष्ट्रिय