उदयपुर प्रहरी कार्यालयमा ई लाइब्ररी संचालन
SamacharDesk – समाचारडेस्क डिस्ट्रिक्ट रिपोर्टर | २०८१ जेठ २, बुधबार

जिल्ला प्रहरी कार्यालय उदयपुरले ईलाइब्ररीसहिको लाइब्ररी क्याफे संचालनमा ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालयले त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयसँगको सहकार्यमा दि लाइब्ररी क्याफे संचालनमा ल्याएको हो ।
प्रहरी कार्यालय परिसरमा संचालन गरिएको ई लाइब्ररीमा दुई करोड भन्दा बढि ई बुक रहेको बताइएको छ । कार्यालयका अनुसार लाइब्ररीमा तीन हजार बढि पुस्तकहरु रहेको छ ।
लाइब्ररीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय लेखकहरुको साहित्य, लेख, रचनाहरुका साथै बिभिन्न शिर्षक र बिषयमा तयार गरिएका सोध पत्र, थेसिस आदि पनि रहेको कार्यालयले जनाएको छ ।
अध्ययन गर्न इच्छुकहरुको लागि लाइब्ररी कार्यालय समयमा निःशुल्क रुपमा खुल्ला रहेको कार्यालयले जानकारी दिएको छ ।
Categorized in समाज