चीनमा ६.२ रेक्टरको शक्तिशाली भुकम्प
SamacharDesk | २०८० पौष ३, मंगलबार

चीनको पहाडी इलाका गान्सु प्रान्तमा गएको भूकम्पमा परी मर्नेको संख्या १२० पुगेको छ ।
सोमबार मध्यराती गएको ६.२ म्यान्गिच्युडको भुकम्पका कारण मर्नेको संख्या अभैm बढ्न सक्ने बताइएको छ भने ७ सय भन्दा बढी घाइते भएका छन् ।
उत्तर पश्चिम प्रान्त कान्सुको प्रान्तीय राजधानी लाउचउबाट ९५ किलोमिटर पर केन्द्र विन्दु भएर भुकम्प गएको थियो ।
भूकम्पबाट कान्सु प्रान्तमा सय जना र सीमा जोडिएको अर्को प्रान्त छिङहाइमा ११ जनाको मृत्यु भएको हो । भूकम्पमा परी छिङहाइ प्रान्तमा १२४ जना र कान्सुमा ९६ जना घाइते भएको खबर छ ।
मध्यराती भूकम्प गएकाले क्षतिको बिवरण आउन ढिलाई भइरहेको हो । भूकम्पको धक्का पाकिस्तानसम्म महसुस गरिएको थियो ।
भुकम्पबाट निजी तथा सार्वजनिक भवनहरु थुप्रै भत्किएको र अन्य भौतिक संरचनामा पनि ब्यापक क्षति पुगेको छ ।
अमेरिकी भुगर्भ सर्वेक्षण विभागले भूकम्पको तीब्रता ५ दशमलव ९ रेक्टरस्केल भने पनि चिनियाँ अधिकारीहरु ६ दशमलव २ रेक्टरस्केल भनेका छन् ।
भूकम्प जमिनको सतह भन्दा करीब ९ किलोमिटर तल रहेको जनाइएको छ । भग्नावशेषमा च्यापिएकाहरुको उद्धार गर्न आपत्कालिन टोली परिचालन गरिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय