धादिङ केन्द्रविन्दु भई ४.८ म्याग्निच्यूडको भुकम्प
SamacharDesk – विकाश | २०७७ जेठ १७, शनिबार

शनिवार राती काठमाडौंमा भुकम्पको धक्का महसुस भएको छ ।
धादिङको सुनौला वजार केन्द्रविन्दु भई ४.८ म्याग्निच्यूडको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले बताएको छ ।
राती ९ बजेर ३६ मिनेटमा भुकम्प गएको हो ।
यो भुकम्प पनि २०७२ सालको गोरखा भुकम्पकै पराकम्प भएको भुकम्प मापन केन्द्रले जनाएको छ ।
भुकम्पबाट कुनै प्रकारको क्षतिको विवरण आएको छैन ।
Categorized in राष्ट्रिय