arin enterprises

काठमाडौंमा राती भूकम्पको धक्का

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ बैशाख ३१, बुधबार

मंगलबार राति करिब ११ः५३ बजे काठमाडौं लगायत आसपास विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार दोलखाको गौरिशंकर गाउँपालिकाको जुँगु आसपासलाई केन्द्रविन्दु बनाई ५.३ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पबाट कुनै किसिमको क्षतिको खबर आएको छैन ।

यो भूकम्प पनि २०७२ वैसाख १२ गते गोरखाको वारपाक केन्द्रविन्दु बनाई गएको भूकम्पको पराकम्प नै भएको बताइएको छ ।

Categorized in राष्ट्रिय