भूकम्प सुरक्षा दिवस मनाईँदै
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ माघ २, शुक्रबार
आज माघ २ गते, भूकम्प सम्वन्धि जनचेतना र सन्देशमूलक कार्यक्रमहरु गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईँदैछ ।
विसं १९९० माघ २ गतेको नेपालमा महाभूकम्प गएको थियो । यस भूकम्पमा ठुलं जनधनको क्षति भएको थियो । यहि दिनको सम्झनामा २०५५ सालदेखि नेपालमा राष्टिय भूकम्प सुरक्षा दिवस मनाउने गरिएको हो ।
विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको हो ।
आजको दिनमा ९० सालको भूकम्पको अनुभव बोकेकाहरु निकै न्यून संख्यामा मात्र छन् । तर ७२ सालको भूकम्पको स्मृति भने अझै धेरै जनाको मानसपटलमा ताजा नै छ ।
अघिल्लो पुस्तालाई ९० सालले र अहिलेको पुस्तालाई ७२ सालको भूकम्पले भूकम्पीय जोखिम र यसबाट सुरक्षाका उपायबारे चिन्तन गर्न बाध्य बनाएको छ ।
नेपाल भूकम्पीय जोखिम रहेको देश हो । यहाँ करीब ६०/७० वर्षको अन्तरालमा ठुला भूकम्पहरु गइ नै रहेका छन् ।
अहिले पनि भूगर्भविद्हरुले भूकम्पको भविष्यवाणी गर्न नसकिने भएपनि ७२ सालको भूकम्पको ठुलो शक्ति संचय भएर बसेको र कुनै पनि समय ठुलो भूकम्प जान सक्ने चेतावनी दिइ रहेका छन् ।
७२ सालको भूकम्प गएको १० वर्ष वितिसकेको भएपनि अहिले पनि सोही भूकम्पको ससाना पराकम्पहरु गइ नै रहेका छन् भने नयाँ भूकम्पहरु पनि गइ नै रहेका छन् ।
भूकम्प लगायत विभिन्न प्राकृतिक प्रकोपबाट सुरक्षित रहन हरेकले पूर्वतयारी गरी सतर्क रहनु आवश्यक छ ।
Categorized in राष्ट्रिय




