काठमाडौं उपत्यकामा भूकम्पको धक्का
SamacharDesk – बिकाश | २०७७ श्रावण २१, बुधबार

आज काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसूस भएको छ ।
आज अपरान्ह साढे ४ बजे भूकम्पको धक्का महसूस भएको हो ।
ललितपुरको बगलामुखी केन्द्रविन्दु भई ३.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
३.५ म्याग्निच्यूड मात्र भएपनि काठमाडौं उपत्यकामा भने भूकम्पको ठुलै धक्का महसूस भएको थियो ।
विशेष गरेर भूकम्पको धक्का आउने वित्तिकै ललितपुरको बगलामुखी, गाःबहाल क्षेत्रतिर मान्छेहरु घर बाहिर निस्किएका थिए ।
Categorized in राष्ट्रिय