arin enterprises

तिब्बतमा भूकम्पबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो

SamacharDesk | २०८१ पौष २३, मंगलबार

आज विहान तिब्बतको दिंगी केन्द्र विन्दु भएर गएको भुकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

यस्तै भूकम्पमा परी घाइते हुने संख्या १३० पुगेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले ग्रामीण क्षेत्रमा उद्धार र खोजी कार्य जारी रहेकाले घाइते तथा मृतक संख्या बढ्न सक्ने पनि जनाएको छ ।

भूकम्पको केन्द्र विन्दु रहेको दिङ्गी काउन्टीमा सवैभन्दा बढी जनधनको क्षति भएको छ । सयौं घरहरु भत्किाएका छन् भने मानिसहरु पनि ठूलो संख्यामा घाइते भएको जनाइएको छ । चिनियाँ जनसेनालगायतले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी राखेका छन् ।

यसैबीच, चीन सरकारले तिब्बततर्फबाट सगरमाथा अवलोकन बन्द गरेको छ । शक्तिशाली भूकम्प गएपछी पछि टिङी सांस्कृतिक तथा पर्यटन विभागले पर्यटकको सुरक्षाका लागि भन्दै अवलोकन स्थल बन्द गरेको जानकारी दिएको हो ।

सिह्वाले तिब्बतको दिंगी काउन्टीमा केन्द्र विन्दु भएर ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको जनाए पनि अमेरिकी भूगर्भ विभागले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएका छन् ।

चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो ।

Categorized in अन्तर्राष्ट्रिय