arin enterprises

अमेरिकी डिभी २०२३ को नतिजा आयो

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ बैशाख २५, आइतबार

अमेरिकी डिभीको नतिजा गएराती सार्वजनिक भएको छ ।

सन् २०२३ का लागि गत अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा सार्वजनि गरिएको हो । डब्लुडब्लुडब्लु डट डीभीप्रोग्राम डट स्टेट डट जिओभीमा गएर आफ्नो कन्फरमेसन नम्बर, लास्ट नेम, जन्म मिति राखेर नतिजा हेर्न सकिने व्यवस्था रहेको छ ।

कम्फरमेसन नम्बर बिर्सिएको खण्डमा फर्गेट कन्फरमेसन नम्बर मार्फत मागेको विवरण भरेर नम्बर लिन सकिने अमेरिकी दूतावासले जनाएको छ ।

साथै दूतावासले अमेरिकी सरकारका कुनै पनि निकाय वा दूतावासले कसैलाई पनि डीभी परेको भनी इमेल नगर्ने भएकाले त्यस्ता भ्रमबाट बच्न पनि आग्रह गरेको छ ।

यो नतिजामा डीभी परेकोहरुलाई सन् २०२३ सेप्टेम्बर ३० भित्र अमेरिकी भिसा जारी भइसक्नुपर्ने छ ।

Categorized in राष्ट्रिय