arin enterprises

इस्लामिक धर्मावम्वीहरु इद मनाउँदै

SamacharDesk | २०८० चैत्र २९, बिहिबार

देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र अर्थात् (इद) मनाइरहेका छन् ।

उनीहरुले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाइरहेका छन् । इदको अवसरमा काठमाडौँको कश्मिरी मस्जिद तथा मस्मिरी मस्जिदलगायत देशभरका मस्जिदमा प्रार्थना गर्ने नमाज पढ्नेहरु तथा शुभकामना साटासाट गर्नेहरुको घुइँचो लागेको छ ।

इद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठुलो पर्वमध्ये एक हो ।  हिजरी संवतको रमदान महिनाभर रोजा ९व्रत० बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउने गर्छन् ।

ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज गर्ने इस्लाम परम्परा छ । रमदान महिनाभर रोजा अर्थात्  ब्रत पानी पनि नखाईकन कठोर व्रत र प्रार्थना गरिन्छ र रमजानको अन्तिम दिन ब्रत समाप्त गरिन्छ ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

इदका अवसरमा आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ । इदको अवसरमा मान्यजनबाट आशीर्वाद लिने तथा आफ्नो आम्दानीको केही अंश गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको २.५ प्रतिशत रकम दान गर्नुपर्ने धार्मिक मान्यता रहेको छ ।

यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइको खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ ।

Categorized in राष्ट्रिय