arin enterprises

आइफिल टावर सर्वसाधरणको लागि खुल्ला

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ११, बिहिबार

विश्वको सबैभन्दा प्रसिद्ध स्मारक आइफिल टावर सर्वसाधारणको लागि फेरी खुल्ला भएको छ । 

कोरोना महामारीका कारण बन्द रहेको फ्रान्सको राजधानी पेरिसस्थित आइफिल टावर तीन महिना पछि बिहीबारबाट फेरि खोलिएको हो ।

यद्यपि टावर चढ्नका लागि एलिभेटरहरु प्रयोग गर्न पाउने छैनन् । टावर चढ्न लागि हालको लागि सिँढीकै प्रयोग गर्नुपर्ने हुन्छ । 

एलिभेटरहरु भने सावधानी र सामाजिक दूरीलाई मध्यनजर राख्दै १ जुलाईसम्मको लागि बन्द गरिएको छ । 

आगन्तुकहरुलाई बिहिबार बिहान १० बजेदेखि प्रवेशको अनुमति दिइएको थियो ।

आइफिल टावर दोस्रो विश्वयुद्ध पछि अहिले नै सबैभन्दा बढि समय बन्द भएको हो ।

यो टावरको माथिसम्म पुग्न एक हजार ६ सय ६७ वटा खुड्किलाहरु छन् । दोस्रो तलाबाट माथि भने आगन्तुकहरुका लागि बन्द गरिएको छ ।

महामारीका कारण बन्द रहेको फ्रान्स अहिले अस्थायी रूपमा पर्यटकका लागि खुला हुन थालेको छ । फ्रान्स विश्वको सबैभन्दा धेरै भ्रमण गरिने देशहरू मध्ये एक हो ।

महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण यहाँका होटल, रेस्टुरेन्ट, संग्रहालय, सिनेमा घरहरु तीन महिनाको लागि बन्द भयो भने यहिकारणले पर्यटन उद्योगमा ठुलो असर परेको छ ।

फ्रान्सले गत जुन १५ वाट यूरोपियन सीमानाहरूमा प्रतिबन्ध हटाएको थियो । यहाँको पर्यटन उद्योगले गर्मी सकिनु अघि नै विदेशी पर्यटकहरूको आगमन हुने आशा गरेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय