थप ८ जना संक्रमित निको भए
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ बैशाख २५, बिहिबार

कोरोना भाइरस कोभिड १९ को उपचार गराइरहेका उदयपुरको भुल्केका ८ जना संक्रमित निको भएका छन् ।
विराटनगरको कोसी अस्पतालमा उपचाररत उनीहरूको पछिल्लो २४ घन्टामा दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्ने तयारी गरिएको हो ।
संक्रमित व्यक्ति निको हुनलाई २४ घण्टाभित्र दुइवटा परिक्षणको रिपोर्ट नेगेटिभ आउनुपर्छ ।
उनीहरुलाई भोलि बिहान डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।
निको भएका ८ जनामध्ये एक जना भारतीय छन् भने सात जना नेपाली छन् ।
योसँगै कोरोनाबाट निको हुनेको संख्या ३० पुगेको छ । तीमध्ये तीन जनामा भने पुनः संक्रमण देखिएर फेरी अस्पताल भर्ना गरिएको छ ।
उदयपुरमा मात्र २८ जना संक्रमित देखिएका थिए । तीमध्ये १५ जना निको भएका छन् भने १३ जना अस्पतालमा उपचाररत छन् ।
Categorized in राष्ट्रिय