arin enterprises

निम अवार्डको आठौँ संस्करण सम्पन्न

SamacharDesk – बिजयरत्न | २०८२ बैशाख २५, बिहिबार

राष्ट्रिय समावेशी म्युजिक अवार्डको रुपमा निम अवार्डको आठौं संस्करण सम्पन्न भएको छ ।

पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा गत शनिबार काठमाण्डौमा उक्त अवार्ड सम्पन्न भएको थियो ।

कार्यक्रममा बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले यस्ता कार्यक्रमहरुले भाषा, संस्कृति, गीत संगीत, चलचित्रमा क्रियाशिल ब्यक्तित्व तथा प्रतिभालाई प्रोत्साहन मिल्नुका साथै गीत संगीतको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली सहित अन्य ७ वटा भाषा र भाका सहितका कुल ४० विधामा ५३ जनालाई अवार्ड प्रदान गरिएको थियो ।

यस वर्षको संगीत रजत सम्मानबाट वरिष्ठ संगीतकार सुरेश अधिकारी सम्मानित भएका छन् भने संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार करिष्मा केसीलाइ प्रदान गरिएको थियो ।

त्यस्तै पिम नेपाल विशिष्ट चलचित्रकर्मी सम्मान विशिष्ठ कलाकार उत्तम केसी, पिम नेपाल टेलिभिजन संचारकर्र्मी सम्मान चर्चित संचारकर्मी राज श्रेष्ठ, पिम नेपाल डायस्पोरा सम्मान संगीतकार केशव पौडेल, पिम नेपाल युवा प्रतिभा सम्मान गीतकार एवम् पर्वतारोही पुरुषोत्तम सानु, युवा उद्यमी सम्मान सुरेश कार्की र लोक गायक शुशिल ज्ञवाली तथा गायिका अनिता कुँवरलाई सम्मानित गरिएको थियो ।

विगत ८ वर्षदेखि आयोजना हुँदै आएको निम अवार्डले नेपालमा बोलिने विभिन्न भाषाभाषिहरुमा बनेका गीत र म्यूजिक भिडियोहरुलाई अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको छ ।

सम्पुर्ण भाषाभाषिका कलाकारहरुलाई प्रतिष्पर्धा भन्दा पनि सामुहिक मञ्च प्रदान गरेर आत्मियता भाईचारा र एकताको सदेश प्रवाह गर्ने उद्देश्य लिएको आयोजक पिम नेपालका अध्यक्ष माधव राज खरेलले जानकारी दिए ।

भाषाभाषितर्फ सर्वोत्कृष्ट नेपाल भाषा गीतकार सुरजबीर बज्राचार्य, सर्वोत्कृष्ट नेपाल भाषा संगीतकार सानुबाबु महर्जन, सर्वोत्कृष्ट नेपाल भाषा गायन, राजकुमार मानन्धर, सर्वोत्कृष्ट नेपाल भाषा मोडल सुदित श्रेष्ठ, सर्वोत्कृष्ट नेपाल भाषा निर्देशक दर्शनबीर शाक्यले अवार्ड प्राप्त गरे ।

त्यस्तै सर्वोत्कृष्ट मैथली गीत, विरेन्द्र झा, उत्कृष्ट तामाङ सेलो सन्जोक योन्जन, सर्वोत्कृष्ट भाषाभाषी गीत, पुनित कुमार बंशलले मारवाडी भाषाको गीत जै जनमबाट अवार्ड प्राप्त गरे ।

त्यस्तै भाकातर्फ सर्वोत्कृष्ट काँठे गीत, सुजता के.सी र सर्वोत्कृष्ट डेउडा गीत, महेश कुमार औजीले पाएका थिए ।

Categorized in पेजथ्री
SKIP THIS buddhan jayanti 2082