मतपत्र छपाईमा सुरक्षाको जिम्मा सेनालाई
SamacharDesk | २०७९ भाद्र १६, बिहिबार

नजिकिंदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आवश्यक मतपत्र छपाइस्थलमा सेना परिचालन गरिएको छ ।
निर्वाचन आयोगले भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड मतपत्र छाप्न सेनालाई जिम्मा दिएको हो ।
त्यहाँ सेनाले सुरक्षाको जिम्मेवारी लिइसकेको छ । मतपत्र छपाई र स्थलको सुरक्षामा सैनिक टोली खटाइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताउनुभयो ।
सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा भैरवनाथ गणबाट सैनिक परिचालन गरिएको छ । मतपत्र छपाइस्थल सुरक्षामा ७ नम्बर बाहिनीका लक्ष्मण खत्रीलाई लियाजन अफिसर तोकिएको छ ।
निर्वाचन अवधिमा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षाको तयारी पनि सेनाले गरिरहेको छ । त्यस्तै निर्वाचनमा आवश्यक सवारी साधन र बजेटबारे छलफल भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
Categorized in राष्ट्रिय