आयोगले माग्यो उम्मेदवारहरुको बन्दसूची
SamacharDesk | २०७९ भाद्र २७, सोमबार

निर्वाचन आयोगले समानुपातिकतर्फको निर्वाचनमा सहभागि हुने दलहरुले कम्तिमा १० प्रतिशत उम्मेदवारहरुको बन्दसूची बुझाउनुपर्ने व्यवस्था गरेको छ ।
निर्वाचन आयोगले हिजो समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै कम्तिमा १० प्रतिशत र बढीमा शतप्रतिशत उम्मेदवारको सूची बुझाउनुपर्ने बताएको हो ।
बन्दी सूची बुझाउने समय असोज २ र ३ गतेलाई दिएको छ । आयोगका अनुसार असोज २ देखि ३ गतेसम्म दलहरुले उम्मेदवारको बन्द सूची आयोगमा पेश गर्नुपर्नेछ ।
उक्त बन्द सूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्ने र कानुन अनुसार नभएमा सच्याउन दलहरूलाई सूचित गर्नेछ ।
आयोगका अनुसार असोज २ देखि ३ गतेसम्म दलहरुले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ । उक्त बन्द सूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्ने र कानुन अनुसार नभएमा सच्याउन दलहरूलाई सूचित गर्ने छ ।
यस्तै दलहरुले बन्द सूची सच्याएर असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्ने आयोगले जनाएको छ ।
Categorized in राष्ट्रिय